माधवको ‘पातै फरर’ सार्वजनिक « Khabarhub

माधवको ‘पातै फरर’ सार्वजनिक


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्रष्टा माधव केसीको गीति संग्रह ‘पातै फरर’ र त्यसको भिडियो सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रमा लेखक तथा गीतकार अमर वान्तु, गायक तथा संगीतकार कन्हैया सिंह, कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक सुमन दाहाल, व्यवसायी रामजी अवाल, युथ क्रियशनका अध्यक्ष रमेश थापा संग्रह सार्वजनिक गरे ।

गीतकार केसीको गीति संग्रहमा उनले विसं. २०४० देखि अहिलेसम्म संकलन गरेका लोक तथा आधुनिक गरी ८० गीत समावेश छन् ।

गीतकार केसीले विसं २०४० मा आफूले रचना गरेका दुई गीत लोकगायक हरिबहादुर राउतले स्वरांकन गरी रेडियो नेपालमा रेकर्ड गराएको बताए ।

‘पातै फरर’ गीतमा अशोक बराल र सोनिका केसीको स्वर रहेको छ । सन्तोष श्रेष्ठको संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन रहेको गीतको भिडियोमा हेम प्रभासको निर्देशन छ ।

समिर थोकरको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा अञ्जु सुनार, हेमा श्रेष्ठ, समिर थोकर र उज्जवल धामीको अभिनय रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : १५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि