युरोपा लिगको उपाधि भिल्ला रियललाई « Khabarhub

युरोपा लिगको उपाधि भिल्ला रियललाई


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-स्पेनीस क्लव भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ ।

प्रिमियर लिग क्लव म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला रियलले पहिलो पटक युरोपा लिग जितेको हो ।

पोल्याण्डमा भएको खेलको निर्धारीत ९० मिनेट र थपिएको ३० मिनेटमा दुबै टिमबाट एक/एक गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीअघि २९औँ मिनेटमा भिल्ला रियलले खेलमा अग्रता बनाएको थियो । उसका लागि जेरार्ड मोरेनोले गोल गरे ।

भिल्ला रियलविरुद्ध युनाइटेडले ५५औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । उसका लागि इडिन्सन काभानीले गोल गरेका थिए ।

सिमित दर्शकसहित भएको फाइनलको पेनाल्टीमा युनाइटेडले १० वटा प्रहार गर्दा भिल्ला रियलले ११ वटा प्रहार गर्‍यो ।

युनाइटेडका गोलरक्षक डेविड डी हेयाले सडेन डेथमा प्रहार गरेको पेनाल्टी भिल्ला रियलका गोलकिपर रुल्लीले बचाएका थिए । लगत्तै रुल्लीले गोल गर्दै टिमलाई च्याम्पियन बनाए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : २५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष