भिसेरा रिपोर्ट अनुसार कारभित्रका तीन बालकको निसासिएर मृत्यु « Khabarhub

भिसेरा रिपोर्ट अनुसार कारभित्रका तीन बालकको निसासिएर मृत्यु


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दाङको तुलसीपुर उपमहानगरपालिका –६ स्याउली मा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय दाङका अनुसार तीन बालक कार भित्र मृत अवस्थामा भेटिएपछि गरिएको अनुसन्धान अनुसार निसासिएर मृत्यु भएको खुलेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने, ‘हामीले बालकको मृत्युको अनुसन्धान गरिरहेका थियौँ । अहिले भिसेरा रिपोर्ट आयो, त्यो रिपोर्ट हेर्दा निसासिएर अक्सिजनको अभावले र कार्बनमोनोअक्साईडले गर्दा निसासिएर मृत्यु भएको देखिएको छ ।’

उनले अझैपनि घटना अनुसन्धानकै क्रममा रहेको बताए ।

वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए।

मृतकमा तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १ : ४६ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई