कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस : जीवनसंगिनीले स्मरण गरिन् ‘बन्दी र चन्द्रगिरी’ « Khabarhub

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस : जीवनसंगिनीले स्मरण गरिन् ‘बन्दी र चन्द्रगिरी’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी सम्बद्ध पत्रकार तथा कलाकारहरुले पत्रकार कृष्ण सेन इच्छुकको १९ औं स्मृति दिवस मनाएका छन् ।

इच्छुकको स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा आज भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सेनकी जीवनसंगिनी तक्मा केसीले सेनको ‘बन्दी र चन्द्रागिरी’ कविताको स्मरण गरिन् । उनले हिजो क्रान्तिमा समाहित भएका नेताहरुले नै सेनको बलिदानी बिर्सिएको गुनासो गरिन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य ताराकान्त पाण्डेले कृष्ण सेन कवि मात्र नभई लडाकुसमेत भएको उल्लेख गरे । सेनको कवितामा परिवर्तनका श्वरहरु गुञ्जिने गरेको पाण्डेले बताए ।

जनसांस्कृतिक महासंघका उपाध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीले सेनलाई कम्युनिस्ट सांस्कृतिक आन्दोलनको महानायकका रुपमा अर्थ्याए ।

मार्क्सवादी सांकृतिक मोर्चाका संयोजक महेश्वर पौडेल इश्मालीले कृष्ण सेन इच्छुकका मार्क्सवादी चिन्तनकाबारेमा ब्याख्या गरे ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सेनको दाङदेखि शुरु गरेको पत्रकारिताको इतिहासको चर्चा गरे ।

कार्यक्रममा प्राध्यापक परशुराम कोइराला, अम्बिका मुडभरी, सुशीला आचार्य, मधुकर थापा, अनु निरौला, रवि पाण्डेय लगायत एक दर्जन बढी श्रष्टाहरुले प्रगतिवादी सिर्जना प्रस्तुत गरेका थिए ।

जनसांस्कृतिक महासंघका महासचिव हिरामणी दुखीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष नारायण पंगेनीले गरेका थिए ।

वि.सं. २०१३ सालमा भारतको देहरादुनमा जन्मिएका सेनलाई २०६९ जेठ ६ गते काठमाडौंबाट गिरफ्तार गरी महेन्द्र पुलिस क्लवको हिरासतभित्रै मृत्यु भएको थियो । जेठ १३ गतेलाई सेन स्मृति दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ३३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले