फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास « Khabarhub

फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।

खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो ।

अमेरिकी अधिकारीले सो खोप १२ वर्ष वा सोभन्दा माथिका सबैले लगाउन सक्ने र २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् ।

“यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ, मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

कोरोनाभाइरसको तेस्रो चरणको महामारी सुरू हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन् । आगामी महिनादेखि नै बालबालिकामा कोरोनाभाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन् ।

महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उनले ती विद्यार्थी र शिक्षकहरूलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिए । फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ । (रासस/पीटीआई)

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : ४० बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’