इटाली युरोकपको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

इटाली युरोकपको क्वाटरफाइनलमा


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इटालीलाई जित दिलाउन दुई परिवर्तित खेलाडी फेडरिको चिसा र माटियो पेसिनाले एक/एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको ९५औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको अग्रता दिलाए ।  खेलको १ सय ५औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।

११४औँ मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काए पनि इटाली २-१ ले विजयी भयो ।

जितसँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : ११ बजे

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा 

काठमाडौं–  एभरेष्ट बैंकले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा