ढुङ्गाले हानेर बाबुको हत्या, छोरा पक्राउ « Khabarhub

ढुङ्गाले हानेर बाबुको हत्या, छोरा पक्राउ


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुनवर्षीमा ढुंगाले हानेर बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरीया छन् ।

उनले ६८ वर्षीय बाबु टीनताल ताजपुरियाको हत्या गरेको आरोप लागेको मोरङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङका अनुसार मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा उनले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै बेला बुवालाई ढुङ्गाले हानेका थिए ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टीनताललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । तर कोशीले उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदिएपछि गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो ।

टीनतालको आज आइतबार बिहान ५:३० बजेतिर घरमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ११ : २५ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार