सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ ।

निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो ।

सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । विगतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आएको थियो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कैलालीमा ३८ हजार ७८६ (५५ प्रतिशत), कञ्चनपुरमा १६ हजार ९६६ (३५ प्रतिशत), अछाममा सात हजार ४६५ दशमलव पाँच (४५ प्रतिशत), बाजुरामा तीन हजार ९४६(५५ प्रतिशत), बझाङमा पाँच हजार ७१६ दशमलव आठ (४५ प्रतिशत) र बैतडीमा चार हजार ५० (४५ प्रतिशत) हेक्टरमा रोपाइँ सकिएको छ ।

यसैगरी दार्चुलामा २२४ (६२ प्रतिशत), डडेल्धुरामा तीन हजार ७१२ दशमलव आठ (६० प्रतिशत), डोटीमा चार हजार ५०० (४२ प्रतिशत) गरी ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टरमा रोपाइँ सकिएको छ । कैलालीमा ७० हजार ५२०, कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा नौ हजार र दार्चुलामा चार हजार ४८० हेक्टरमा धान खेती हुने गरेको छ ।

यसैगरी डडेल्धुरामा छ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी एक लाख ८५ हजार ८४७ हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशमा धानको औषत वार्षिक उत्पादन छ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । धानको प्रति हेक्टर उत्पाकत्व ३.३ देखि ३.५ प्रतिशतसम्म रहेको छ ।

हाल किसानलाई अनुदानमा सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइन थालेपछि रोपाइँको कार्य सहज रुपमा हुँदै आएको प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए ।

असारको अन्तिम हप्तादेखि साउनको पहिलो हप्तासम्म किसानले रोपाइँ सक्ने कार्यालय प्रमुख जोशीको भनाइ छ । प्रदेशका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा अधिक जग्गामा धान खेती हुने गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : १५ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका