प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन पक्षका वकिलहरूले आज बहस सकाएका हुन् ।

प्रतिनिधिसभाका १४६ जना सांसदले हालेको उक्त मुद्दामा बहस गर्न रिट निवेदक पक्षका वकिललाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदक पक्षका २५ भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन् ।

उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेको आरोप लगाउँदै नियुक्तिका लागि आदेश दिन माग गरेका छन् ।

आइतबार बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल, अधिवक्ता भीमार्जुन आचार्य आदिले बहस गरेका थिए।

देउवाका वकिलले थप तीन घन्टा जवाफी बहस गर्न पाउने छन् । त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ । सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ०९ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे

गण्डकी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय

प्रतिपक्षी जुटाउँदै प्रचण्ड : एकैदिन तीन दलका नेतासँग गरे संवाद

काठमाडौं- पछिल्लो समय प्रतिपक्षी दलहरूबीच संवाद तीव्र भएको छ ।

जापानमा हथौडा आक्रमणमा परी आठ जना घाइते

एजेन्सी– जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी

समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : एनपी साउद

राँझा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले

चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्

काठमाडौं– उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका