विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण दिने « Khabarhub

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण दिने


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई रु. १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

कोरोनाबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई सहुलियत ऋण उपलब्ध गराउन लागेको हो ।

आइतबार अर्थमन्त्रालयमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

आर्थिक बृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय बृद्धितर्फ लक्षित सुधारहरूलाई सघाउने बताइएको छ ।

यसले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशील बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने, चालू ठूला विकास आयोजनालाई गति दिन मद्दत गर्ने समेत बताइएको छ ।

उक्त सहयोग बजेटरी सहायताका रुपमा प्राप्त हुने मन्त्रालयले जनाएको छ । कार्यक्रममा अर्थ सचिव ढुंगानाले सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनमा लगायतका क्षेत्रमा थप सुधार हुने बताए ।

फारिस हदाद–जर्भोसले कोभिड–१९ को महामारीका बेला तथा सो पश्चात पनि यस आयोजनाले नेपालमा दीगो बृद्धि हासिल गर्न सहयोग गर्ने बताए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ३८ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल