काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्ने तयारी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको दोस्रो लहर आएसँगै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै सार्वजनिक यातायात पनि सञ्चालन गर्ने तयारी थालिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनका सन्दर्भमा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुको राय लिएर निर्णय गर्न सिफारिस गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको राय लिएर निर्णय गर्न सिफारिस गरेको जानकारी दिइन् ।

डीसीसीएमसीको बैठक सकिएपछि आइतबार अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । बैठक जारी रहेपनि निषेधाज्ञाका विषयमा सोमबार बिहान मात्रै निर्णय हुने सहायक प्रजिअ घिमिरेले बताइन् ।

यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्रै थाहा हुने भएकाले एकैपटक ह्वात्तै यातायात खुला गर्ने भन्दा पनि जोरबिजोर प्रणालीबाट लैजान सकिने सुझाव भएको उनले बताइन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । पछिल्लो पटक निजी सवारीका साधनहरु जोरबिजोर र विभिन्न क्षेत्रका पसलहरु बार अनुसार खोल्न मिल्नेगरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ०५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक