टोकियो ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी | Khabarhub Khabarhub

टोकियो ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ ।

बुधबार एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो ।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिंदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ ।

“टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्द्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । सहभागी २०७ देशमध्य नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राखेको छु । यसबाहेक दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘यो सधैं ओलम्पिक कमिटीको मुख्य लक्ष्य रहँदै आएको छ । ओलम्पिक खेललाई विश्व खेलकुदको महोत्सबका रुपमा लिइन्छ जसलाई विश्वभरका दर्शकले हेर्ने गर्दछन् । एनओसीले दराजको माध्यमबाट नेपाली दर्शकले पनि जुलाई २३ देखि अगस्त ८ सम्म हुने ओलम्पिक हेर्न, यसबारे सुसूचित हुने र विभिन्न सामाजिक संजाल र अन्य माध्यमबाट सहभागी गराउने प्रयास रहनेछ । म दराजलाई यस सहकार्यका लागि कदम अघि बढाएकोमा धन्यवाद दिँदै यो सहकार्य आउने दिनमा पनि जारी रहने आशा व्यक्त गर्दछु ।’

यसैगरी दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने, ‘खेलकुद र त्यसमा पनि ओलम्पिकले आफ्नो बेग्लै परम्परागत पहिचानसहित विश्वभरका मानिसलाई एकसाथ बाँध्ने गरेको छ । अहिले कोभिड–१९ को यस कठिन समयमा सबैको जीवनमा असर पर्दा पनि यसले केहि खुसी दिने प्रयास गरेको छ ।’

उनले टोकियोमा हुने ओलम्पिक खेलका लागि यस सहकार्यमा साथ दिन पाउँदा गौरव महसुस गरेको बताए । उनले भने, ‘उत्कृष्टता, सम्मान र मित्रता ओलम्पिकको मानहरु हुन् र हामी दराज पनि यसैमा अडिग छौँ ।’

टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ । २ सय भन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ५९ बजे

आईपिएल : मुम्बईलाई हराउँदै लखनउ तालिकाको तेस्रो स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको