भारतीय सौन्दर्य प्रतियोगीलाई नेपाली कोरियोग्राफर रोजिनबाट अनलाइन ग्रुमिङ « Khabarhub

भारतीय सौन्दर्य प्रतियोगीलाई नेपाली कोरियोग्राफर रोजिनबाट अनलाइन ग्रुमिङ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले भारतमा सञ्चालन हुँदै गरेको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस हेरिटेज इण्डिया’को अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् ।

म्रुनाल इन्टरटेनमेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रियस्तरमा आयोजना हुँदै आएको यो प्रतियोगिताको रोजिनले शालै गुगलमीटको माध्यमबाट अनलाइनमार्फत् ग्रुमिङ सेसन पुरा गरेका हुन् ।

कोरियोग्राफर रोजिनका अनुसार प्रतियोगीलाई स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागीले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरामा ग्रुमिङ गराइएको थियो ।

प्रतियोगिताकी सहभागी प्रणालीले ग्रुमिङ सेसन मानसिक र व्यक्तित्व विकासका दृष्टिकोणले निकै राम्रो रहेको बताइन् । अर्की सहभागी गौरी ठोरतले आफूभित्रको सकारात्मक र सशक्त पक्षको खोजी, विकास र प्रयोगका लागि यसले उर्जा प्रदान गरेको बताइन् ।

यस प्रतियोगिताका विजेताले भारतलाई प्रतिनिधित्व गर्दै इप्लानेटको ब्यानरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’मा भारतको तर्फबाट सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : ४० बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम