सत्ता समीकरण मिलाउन प्रचण्डको दौडधुप « Khabarhub

सत्ता समीकरण मिलाउन प्रचण्डको दौडधुप


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरण मिलाउने दौडधुपमा छन् ।

उनी निरन्तर शीर्ष नेतासँगको भेटवार्तामा सक्रिय भएर लागेका छन् । आजको प्रचण्डको दैनिकी पनि भेटवार्तामै केन्द्रित छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्व गरेको दुई साता नाघे पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डको दौडधुप बढेको हो ।

उनले आफ्नो गठबन्धनमा रहेका दलका शीर्ष नेतालाई भेटेर मन्त्रिपरिषद विस्तार र नयाँ मन्त्री चयनमा विषयमा छलफल गरिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले नेकपा एमालेको नेपाल समूहलाई सरकारमा सहभागी गराउन आज बिहानै बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका थिए । नेता नेपाल निवास कोटेश्वरमा भएको भेटमा सरकार सञ्चालन तथा नेपाल समूहको सरकारमा सहभागिताका विषयमा छलफल भएको बुझिएको छ । प्रचण्डले नेता नेपाललाई सत्ता सहकार्यका लागि प्रस्ताव गरेको नेपालको सचिवालयले जनाएको छ ।

नेपालसँगको भेट सकिए लगत्तै प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री बनेका थिए । यस्तै, प्रधानमन्त्री देउवाले आइतबार एकजना राज्यमन्त्री थप गरेका छन् ।

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिए पनि सबै दललाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

एमालेको एकता प्रक्रिया चलिरहँदा प्रचण्डको दौड धुप भने अर्थपूर्ण मानिएको छ। एमालेका दोस्रो तहका नेता एकतामा जोड दिइरहँदा वरिष्ठ नेता नेपाल भने एकताको पक्षमा देखिएका छैनन्। उनले एकता कार्यदलले गरेको १० बुँदे सहमतिमा पनि असहमति जनाएका छन्।

नेता नेपालले विभिन्न सार्वजनिक अभिव्यक्तिमा केपी शर्मा ओलीसँग सँगै मिलेर जान नसक्ने संकेत गरेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : २८ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा