धर्म, संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ – गोकुल बास्कोटा « Khabarhub

धर्म, संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ – गोकुल बास्कोटा


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै नेता बास्कोटाले धर्म, संस्कृति र राज्यको छुट्टै बहस आवश्यक रहेको बताए ।

उनले भनेका छन्, ‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि हेरेनौँ । जनताको आमूल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेन्डा खुसुक्क घुसाइयो ।’

यो एजेन्डामा नेपालमाभन्दा विदेशमा धेरै गोष्ठी भएको उनले बताएका छन् । उनले लेखेका छन्, ‘नेपालमा भन्दा विदेशमा गोष्ठीहरूको बाढी आयो र हामी बगिरह्यौँ । धर्म ,संस्कृति र राज्यबारे त छुट्टै बहस गर्नुपर्छ ।’

सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको कुरा उठाएसँगै अहिले सो विषयमा बहस चर्किएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ४४ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा