२०१५ सालको हुलाक टिकटमा चुच्चे नक्सा भएको विश्लेषक सौरभको दाबी गलत « Khabarhub

२०१५ सालको हुलाक टिकटमा चुच्चे नक्सा भएको विश्लेषक सौरभको दाबी गलत



काठमाडौँ- गत साउन ५ गते एपी वानको ‘तमसो मा ज्योतिर्गमय’ कार्यक्रममा प्रस्तोता टीकाराम यात्रीको एक प्रश्नको जवाफ दिँदै सौरभको नामबाट चिनिने राजनीतिक विश्लेषक दिनेश सत्यालले भनेका थिए:

“मलाई जहाँसम्म एकदम सम्झना छ, २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ । १७ साल पछि आएर नक्सा (जारी) गर्दा त्यो चुच्चे छैन । उहाँ (ओली) ले फर्काएर ल्याउनुभो ।”

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालको समीक्षा गर्दै उनले यो दाबी गरेका थिए ।

सौरभको दाबी सही हो कि होइन भन्ने पत्ता लगाउन साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

विसं २०१५ अर्थात् सन् १९५८ र १९५९ मा छापिएका हुलाक टिकटहरु

हुलाक सेवा विभाग अन्तर्गतको फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागका अनुसार विक्रम सम्वत २०१५ साल अर्थात् सन् १९५८ मा प्रकाशित दुई हुलाक टिकटमा नेपालको नक्सा प्रयोग गरिएको छैन । तिनमा काठमाडौँको आकाशमा चरा उडिरहेको चित्र भएको नेपालको पहिलो एयरमेल (हवाइ पत्र ) र मानव अधिकार दिवसको उपलक्ष्यमा प्रकाशित लुम्बिनी मन्दिरको चित्र भएको टिकट पर्दछन् । सन् १९५९ को फेब्रुअरीमा प्रकाशित पहिलो आम निर्वाचनसम्बन्धी हुलाक टिकटमा नेपालको नक्सा र झण्डा छ तर चुच्चे नक्सा छैन । सोही साल प्रकाशित अन्य हुलाक टिकटमा पनि नेपालको नक्सा छैन । सन् १९५४ मा नक्सा श्रृङ्खला अन्तर्गत प्रकाशित हुलाक टिकटमा नेपालको नक्सा छ तर चुच्चे नक्सा छैन ।

यो विवरण हामीले फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागमा उपलब्ध ‘नेपाल पोस्टेज स्ट्याम्प क्याट्लग १८८१-२०१५’ शीर्षक पुस्तकबाट लिएका हौँ।

माथिका विवरणहरुको पुष्टि नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले पनि गरे । यसर्थ विक्रम सम्वत २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा भएको लेखक सौरभको दाबी गलत ठहर्छ ।

         सन् १९५४ मा नक्सा श्रृङ्खला अन्तर्गत प्रकाशित हुलाक टिकटहरु (तल)
पढ्नुहाेस्, सामाजिक सञ्जालमा भाइरल नेपालको नक्साको यथार्थ

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : ०४ बजे

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा