घरको नकारात्मक उर्जा हटाउन के गर्ने ? « Khabarhub

घरको नकारात्मक उर्जा हटाउन के गर्ने ?


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर निर्माणदेखि घरका हरेक वस्तुसंग जोडिएको जानकारी वास्तुशास्त्रमा पाउन सकिन्छ । शास्त्र अनुसार यी जानकारी र नियमको पालना गरे घर र जीवनमा सुख–समृद्धि पाउन सकिन्छ । तर केहि नियम पालना नभएमा भने क्षतीसम्म हुनसक्छ । वास्तुका यिनै नियमको चर्चा गरौं ।

– वास्तु अनुसार मन्दिरमा खण्डित मूर्ति राख्दा नकारात्मक ऊर्जा प्रवाह बढ्दछ त्यसैले मन्दिरमा राखीएको तस्वीर वा प्रतिमा केही च्यातिए, चर्किए वा टुटफुट भए यसलाई हटाउनु पर्दछ । अन्यथा परिवारमा कलह र धनको समस्या बढ्ने वास्तुको मान्यता छ । यस्ता मुर्तीलाई नदि वा उचित स्थानमा प्रवाहित गर्नु पर्दछ ।

– हिन्दू धर्ममा कुचोलाई माता लक्ष्मीको प्रतीक मानिन्छ । साथै घरको नकारात्मक उर्जा बाहर निकाल्न उपयोगी कुचोको विशेष ध्यान दिनुपर्ने धार्मीक विश्वास छ । मान्यता अनुसार सूर्यास्तपछि बर्ढानु हुदैँन । यसका साथै कुचोलाई घर आउने जाने मानिसले देख्ने गरी राख्नु हुदैँन । अन्यथा घरमा पैसाको अभाव हुने धार्मीक विश्वास छ ।

– वास्तु अनुसार धन राखीएको आलमारी वा दराजको ढोका दक्षिण दिशातर्फ खुल्ने हुदैँन । अन्यथा घर वा कार्यस्थलमा सम्पती राख्ने दराजको ढोका दक्षिण दिशामा खुलेमा सदैव धनको अभाव हुने धार्मीक मान्यता छ । यो उत्तरतफ खुल्ने गरी राख्नु पर्दछ ।

– धाराबाट पानी चुहिनु सामान्य हो । तर यो समस्या धारा बन्द गर्दा पनि हुने भयो भने यसलाई सामान्य रुपमा लिनु हुदैँन । मान्यता अनुसार जसरी पानी खर्च हुन्छ त्यसरी नै घरबाट धन बाहर जाने गर्दछ । र आर्थिक स्थिति कमजोर बन्ने गर्दछ ।

– घरको मुख्यद्वारबाट केवल आउजाउ मात्र हुदैँन घरमा ऊर्जा पनि प्रवेश गर्दछ । त्यसैले वास्तु अनुसार घरको मुख्यद्वारमा कहिल्यै फोहोर हुनुहुदैँन । साथै टुटफुटका सामा राखिएको हुनुहुदैँन । यतिमात्र होइन फोहोरदान पनि घरको मुख्यद्धार अगाडी हुनु हुदैँन ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ०५ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने