पायल्स हुने कारण ? यस्ता छन् निको पार्ने घरेलु उपाय « Khabarhub

पायल्स हुने कारण ? यस्ता छन् निको पार्ने घरेलु उपाय


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने रोग हो पायल्स । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् । यसलाई खानपिन, जीवनशैली र उपचारबाट निको पार्न सकिन्छ ।

पायल्स हुने कारण
– पायल्स हुने सबैभन्दा ठूलो कारण हो कब्जियत । पेट राम्रोसँग सफा नभए यो हुने गर्दछ ।
– धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।
– गर्भावस्थाको क्रममा पाचन समस्या हुदाँ थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।
– धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुराले पाचन क्रिया बिग्रन्छ र पायल्स हुने गर्दछ ।
– परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ ।

घरेलु उपाय
– घ्यूमा भुटेको नीमका कलिला पातमा थोरै कपुर हाल्ने र पायल्सको मासुमा लगाउने ।

– कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँने ।

– लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाए फाइदा मिल्छ ।

– पानीसंग पिसेको तुलसीको पातको लेप लगाउँदा पायल्सयको जलनबाट राहत हुन्छ ।

– तुलसीको लेप लगाउँदा पायल्समा पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

– रातभर माटोको भाडामा राखेको अमला पाउडरको झोल बिहान मिश्री मिसाएर पिउने ।

– मसिनो आँचमा भुटेको प्याजको पेस्ट मासु पलाएको ठाउँमा लगाउँदा फाइदा हुन्छ ।

– चियाको पत्ती पिसेर पेस्ट बनाउने र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनमा मासु सुक्छ ।

– एक मुट्ठी कालो तिल एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्स ठिक हुन्छ ।

– मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ०३ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।