काबुल विमानस्थल बाहिर भएको विस्फोटमा अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको मृत्यु « Khabarhub

काबुल विमानस्थल बाहिर भएको विस्फोटमा अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको मृत्यु

अमेरिकी राष्ट्रपतिले भने : 'हामी माफ गर्ने छैनौँ, खोजेरै सजाय दिने छौँ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ६० जना भन्दा बढीको मृत्यु भएको छ ।

विस्फोटमा अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको छ । दुई वटा विस्फोटमा उनीहरुको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएको अफगानिस्तानको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणको जिम्मा जिहादी समूहले लिएको छ ।

विस्फोटबाट उनीहरुको ज्यान गए पनि हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’ उनले भने।

उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे । अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १ लाख मानिसहरुलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्।

बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने, ‘हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ ।’

बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए।

त्यसको केही समय पछि गोली चलेको आवाज आएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भएको थियो । अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस-के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : २३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र