काबुल घटनाबारे बाइडेनले भने : आतंकवादीहरुलाई खोजेरै कारबाही गर्छौँ, उद्धार रोकिँदैन « Khabarhub

काबुल घटनाबारे बाइडेनले भने : आतंकवादीहरुलाई खोजेरै कारबाही गर्छौँ, उद्धार रोकिँदैन


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ६० जना भन्दा बढीको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन्।

विस्फोटमा अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको खबरले दुःखी भएको बताउँदै उनले घटनमा स‌ंलग्नविरुद्ध कडा कारबाहीको चेतावनी दिएका हुन् । उनले अफगाननिस्तानबाट अमेरिकी हवाई उद्धार कार्य जारी रहने जनाएका छन् ।

राष्ट्रपति बाइडेनले भनेका छन्, ‘हामी माफी दिने छैनौँ । हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ । घटनामा संलग्नलाई खोजेरै सजाय दिने छौँ ।’

उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धार जारी रहने स्पष्ट पारेका छन् ।  स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलको गेट र विमानस्थल नजिकै रहेको बारोन होटल आसपास विस्फोट भएको जनाइएको छ ।

विमानस्थलको गेटमा विस्फोट हुँदा त्यहाँ धेरै अफगानी शरणार्थीहरु रहेको थिए ।

उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका बेला विस्फोट भएको बीबीसीले जनाएको छ ।
बेलायतको रक्षा मन्त्रालयल यस हमलामा बेलायती सुरक्षाकर्मी र आफ्ना नागरिक सुरक्षित रहेको जनाएको छ ।

दुईवटा विस्फोटमा उनीहरुको ज्यान जानुका साथै १४० भन्दा बढी घाइते भएको अफगानिस्तान स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पेन्टागन प्रवक्ता जोन कीर्बीलेले पनि काबुल विमानस्थलमा भएको विस्फोटमा अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।

यसअघि नै अमेरिका र बेलायतले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस-के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो।

आक्रमणको जिम्मा जिहादी समूहले लिएको बीबीसीले जनाएको छ । अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म अमेरिकी हवाई उद्धारमार्फत १ लाख मानिसहरुलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

फ्रान्सेली राजदूत डेविड मारटिननले विस्फोटका अन्य घटनाहरु हुनसक्ने भन्दै आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् । यसैगरी फ्रान्सेली राष्ट्रपति इमेनुएल मैक्रोंले अफगानिस्तानको स्थिति तब खतरापूर्ण बनेको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ५९ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।