कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि « Khabarhub

कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि


११ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिएका छन् । विहीबार निर्वाचन प्रतिनिधिहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार जिल्ला खटाइएको कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

विवाद भएका जिल्लाहरुलाई बाँकी राखेर दुर्गम तथा पहाडी जिल्लाहरुमा निर्वाचन प्रतिनिधिहरु शुक्रबार काठमाडौंबाट खटाइएको हो । जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र वडा अधिवेशनका लागि प्रतिनिधि खटाइएका हुन् । उनीहरुलाई निर्वाचन सामग्रीसहित जिल्ला खटाइएको छ ।

यही भदौ १८ गते देशभर वडा अधिवेशन गर्ने मिति तय भएको छ । जिल्लामा निर्वाचन प्रतिनिधि खटाइएपछि कांग्रेस महाधिवेशन हुने लगभग निश्चित भएको छ । आगामी मंसिरको दोस्रो साता काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने मिति तय भए पनि पाँच पटक महाधिवेशनको मिति सरेकाले यो पटक पनि महाधिवेशन हुनेमा आशंका छ ।

तर जिल्लामा निर्वाचन प्रतिनिधिहरु खटिएसँगै अब आशंका कम हुँदै गएको कांग्रेस नेताहरुले बताएका छन् । महाधिवेशनबारे आशंका भएपछि काठमाडौं केन्द्रित भएका कांग्रेसका नेता तथा कार्यकर्ताहरु धमाधम जिल्ला फर्किएका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १२ : २३ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६