कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि « Khabarhub

कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिएका छन् । विहीबार निर्वाचन प्रतिनिधिहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार जिल्ला खटाइएको कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

विवाद भएका जिल्लाहरुलाई बाँकी राखेर दुर्गम तथा पहाडी जिल्लाहरुमा निर्वाचन प्रतिनिधिहरु शुक्रबार काठमाडौंबाट खटाइएको हो । जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र वडा अधिवेशनका लागि प्रतिनिधि खटाइएका हुन् । उनीहरुलाई निर्वाचन सामग्रीसहित जिल्ला खटाइएको छ ।

यही भदौ १८ गते देशभर वडा अधिवेशन गर्ने मिति तय भएको छ । जिल्लामा निर्वाचन प्रतिनिधि खटाइएपछि कांग्रेस महाधिवेशन हुने लगभग निश्चित भएको छ । आगामी मंसिरको दोस्रो साता काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने मिति तय भए पनि पाँच पटक महाधिवेशनको मिति सरेकाले यो पटक पनि महाधिवेशन हुनेमा आशंका छ ।

तर जिल्लामा निर्वाचन प्रतिनिधिहरु खटिएसँगै अब आशंका कम हुँदै गएको कांग्रेस नेताहरुले बताएका छन् । महाधिवेशनबारे आशंका भएपछि काठमाडौं केन्द्रित भएका कांग्रेसका नेता तथा कार्यकर्ताहरु धमाधम जिल्ला फर्किएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १२ : २३ बजे

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक