छायांकनमा जाँदै ‘रीत’ र ‘अञ्जली’ « Khabarhub

छायांकनमा जाँदै ‘रीत’ र ‘अञ्जली’


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेको दुई फिल्म ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु हुने भएको छ । फिल्म ‘रीत’ लिम्बु भाषा संस्कृतिमा आधारित लिम्बु फिल्म हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित फिल्म हो ।

दुवै फिल्मका निर्देशक दिनेश लिङ्देनले फिल्म ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र ‘अञ्जली’ उपत्यका आसपासमा छायांकन गरिने बताए । दुवै फिल्म हाल वर्कसप चरणमा छन् ।

दुवै फिल्ममा एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापोलगायतका कलाकारको अभिनय रहनेछ ।

मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै फिल्ममा सागर केरुङको कथा रहनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ५६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ