मलेसियामा गैरकानूनी रुपमा बसेका ७ नेपालीसहित ५५ आप्रवासी कामदार पक्राउ | Khabarhub Khabarhub

मलेसियामा गैरकानूनी रुपमा बसेका ७ नेपालीसहित ५५ आप्रवासी कामदार पक्राउ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियामा अवैध रुपमा बसेका ७ नेपालीसहित ५५ जना आप्रवासी कामदार पक्राउ परेका छन् ।

पछिल्लो समय गैरकानूनी आप्रवासी कामदारहरूमाथि मलेसिया सरकारले निगरानी बढाएपछि दैनिक नेपालीलगायतका आप्रवासी कामदार पक्राउ पर्ने गरेका छन् ।

मलेसियाको नेगेरी सेम्बिलानमा रहेको केरामिक कम्पनीमा बुधबार छापा मार्दा ५५ जना गैरकानुनी रुपमा बसेका बिदेशी कामदारलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागलाई उदृत गर्दै बेर्नामाले जनाएको ।

कम्पनीमा छापा मारी २४१ जनाको कागजपत्र चेकजाँच गरेको तथा साथमा कुनै डकुमेन्ट नभएका ७ नेपाली, ४८ बङ्लादेशी र रोजगारदाता कम्पनीका मालिकलाई मलेसिया प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये अधिकांशले कानून विपरीत र भिसामा उल्लेख भएभन्दा फरक कम्पनीमा काम गरेको पाइएको विभागले जनाएको छ । मलेसियाको कानून अनुसार विदेशी कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ।

मलेसियाले गैरकानूनी कामदारहरुलाई स्वदेश फिर्तीको लागि सञ्चालनमा रहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म पुर्याएको छ ।

गैरकानूनी नेपालीले कसरी फर्किने घर ?

स्वदेश फर्कने गैरकानुनी रुपमा नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार गैरकानुनी नेपालीले स्वदेश फर्कनको लागि कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइन बुक गरेको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नु पर्नेछ ।

नगद कारोबार नहुने भएकोले अध्यागमन बिभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिरी ट्राभल डकुमेन्ट बनाएर पनि स्वदेश फर्किन सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : १५ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले