ऐतिहासिक नृसिंह जात्रामा जे देखियो (फोटोफिचर) | Khabarhub Khabarhub

ऐतिहासिक नृसिंह जात्रामा जे देखियो (फोटोफिचर)


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मनाइएको छ ।

पाटनको गाःबहाल टोलको दुनेचोकमा नृसिंहलाई विशेष तान्त्रिक पुजा गरेपछि सुरु भएको जात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुन गाबहाल पुगेर समापन भएको हो ।

ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा सञ्चालन गर्ने गर्दछन् ।

यसपाली गाबहालका कोमलेशाननद राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको हो । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायतविभिन्न ठाउँमा यात्रा गर्ने चलन छ ।

तर यसपाली कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले जात्रा साधारण किसिमबाट मात्र सञ्चालन गरेको हो । कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिंक मानिन्छ भने भदौमा निस्कने नृसिंहलाई शान्त स्वभावको रुपमा लिइन्छ ।

नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ०१ बजे

प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ।

बालेन र कुलमानलक्षित डीपीको टिप्पणी : त्यो बेला मान्नुभएन, अहिले पनि स्वागत गर्न तयार छौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक

रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल