ऐतिहासिक नृसिंह जात्रामा जे देखियो (फोटोफिचर) « Khabarhub

ऐतिहासिक नृसिंह जात्रामा जे देखियो (फोटोफिचर)


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मनाइएको छ ।

पाटनको गाःबहाल टोलको दुनेचोकमा नृसिंहलाई विशेष तान्त्रिक पुजा गरेपछि सुरु भएको जात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुन गाबहाल पुगेर समापन भएको हो ।

ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा सञ्चालन गर्ने गर्दछन् ।

यसपाली गाबहालका कोमलेशाननद राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको हो । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायतविभिन्न ठाउँमा यात्रा गर्ने चलन छ ।

तर यसपाली कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले जात्रा साधारण किसिमबाट मात्र सञ्चालन गरेको हो । कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिंक मानिन्छ भने भदौमा निस्कने नृसिंहलाई शान्त स्वभावको रुपमा लिइन्छ ।

नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ०१ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा