विश्वभर दैनिक थपिने भन्दा कोरोनामुक्त हुनेको संख्या धेरै « Khabarhub

विश्वभर दैनिक थपिने भन्दा कोरोनामुक्त हुनेको संख्या धेरै


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार ७१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यहि अवधिमा ३ लाख ३५ हजार ७८२ जना संक्रमणमुक्त हुँदा ४ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसका ८०५, अमेरिकामा २५९, भारतमा २७७, टर्कीमा २२८ जना रहेका छन् । त्यसैगरी इरानमा २८८, ब्राजिलमा २३८, बेलायतमा ५८ जनाको मृत्यु भएको छ ।

दैनिक थपिने संख्या अमेरिकमा २४ हजार ३४३, भारतमा २७ हजार २२, ब्राजिलमा ८ हजार ६६८ र बेलायतमा ३२ हजार ४१७ जना रहेको छ । यस्तै रुसमा २२ हजार ४९८, टर्कीमा २५ हजार ८६१, इरानमा १३ हजार ७९२ जना थपिएका छन् ।

कोरानामुक्त हुनेमा अमेरिकामा २४ हजार २१७, भारतमा २९ हजार ६५८, ब्राजिलमा ६ हजार ४६५ जना र बेलायतमा २६ हजार ४३५ जना रहेका छन् ।
यस्तै रुसमा १३ हजार ६७१, टर्कीमा २४ हजार ८७५ र इरानमा २३ हजार १०९ जना निको भएका छन् ।

यससँगै हालसम्म निको हुनेको संख्या २० करोड ९१ लाख ९७ हजार ६८६ पुगेको छ ।  कुल मृतकको संख्या ४७ लाख ६१ हजार ५२४ जना छ । कुल संक्रमितको संख्या २३ करोड २५ लाख ७६ हजार ६८१ जना छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : २६ बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।