विश्वभर दैनिक थपिने भन्दा कोरोनामुक्त हुनेको संख्या धेरै | Khabarhub Khabarhub

विश्वभर दैनिक थपिने भन्दा कोरोनामुक्त हुनेको संख्या धेरै


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार ७१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यहि अवधिमा ३ लाख ३५ हजार ७८२ जना संक्रमणमुक्त हुँदा ४ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसका ८०५, अमेरिकामा २५९, भारतमा २७७, टर्कीमा २२८ जना रहेका छन् । त्यसैगरी इरानमा २८८, ब्राजिलमा २३८, बेलायतमा ५८ जनाको मृत्यु भएको छ ।

दैनिक थपिने संख्या अमेरिकमा २४ हजार ३४३, भारतमा २७ हजार २२, ब्राजिलमा ८ हजार ६६८ र बेलायतमा ३२ हजार ४१७ जना रहेको छ । यस्तै रुसमा २२ हजार ४९८, टर्कीमा २५ हजार ८६१, इरानमा १३ हजार ७९२ जना थपिएका छन् ।

कोरानामुक्त हुनेमा अमेरिकामा २४ हजार २१७, भारतमा २९ हजार ६५८, ब्राजिलमा ६ हजार ४६५ जना र बेलायतमा २६ हजार ४३५ जना रहेका छन् ।
यस्तै रुसमा १३ हजार ६७१, टर्कीमा २४ हजार ८७५ र इरानमा २३ हजार १०९ जना निको भएका छन् ।

यससँगै हालसम्म निको हुनेको संख्या २० करोड ९१ लाख ९७ हजार ६८६ पुगेको छ ।  कुल मृतकको संख्या ४७ लाख ६१ हजार ५२४ जना छ । कुल संक्रमितको संख्या २३ करोड २५ लाख ७६ हजार ६८१ जना छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : २६ बजे

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम