यमनमा हुथी बिद्रोही र सरकारी सेनाबीच भिडन्त, ५० जनाको मृत्यु « Khabarhub

यमनमा हुथी बिद्रोही र सरकारी सेनाबीच भिडन्त, ५० जनाको मृत्यु


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनको मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको छ ।

तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ ।

“विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा मारिएका छन्,” मारिबको पश्चिममा रहेको सैनिक स्रोतले एएफपीलाई बताएको छ ।

सैनिक अधिकारीका अनुसार लडाइँमा यमनी सेना र यसलाई सहयोग गर्दै आएको स्थानीय लडाकूहरू गरी कम्तीमा सातको मृत्यु भएको छ ।

मारिबलाई नियन्त्रणमा राख्नका लागि सेप्टेम्बर महिनामा भएको झडपमा मात्र करिब ४०० जनाको मृत्यु भएको जनाइएको छ । सो क्षेत्रमा भएको झडपमा सुस्ततापछि सो घटना भएको हो ।

हुथीहरूले सुरुमा यस क्षेत्रको तेल स्रोतको नियन्त्रण जफत गर्ने र शान्ति वार्तामा आफ्नो स्थान सुदृढ पार्ने महत्वाकाङ्क्षासहित फेब्रुअरीमा मारिब कब्जा गर्ने आफ्नो रणनीतिसाथ आक्रमण गर्दा दुबैतर्फ ठूलो सङ्ख्यामा क्षति भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ३४ बजे

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा