‘गुलाब’ नामक शक्तिशाली चक्रवात भारतको उडिसामा अवतरण, नेपालमा असर न्यून : विभाग « Khabarhub

‘गुलाब’ नामक शक्तिशाली चक्रवात भारतको उडिसामा अवतरण, नेपालमा असर न्यून : विभाग

देशभर मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न शुरु भई शनिबार बनेको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात आइतबार उडिसाको जमिनमा अवतरण भएको छ ।

जसका कारण भारतको पूर्वी राज्यहरूबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । आइतबार साँझदेखि भीषण वर्षा र हावाहुरीसहित प्रतिघण्टा ९५ किलोमिटरका गतिले आईरहेको आँधी मध्यरातबाट उडिसा र आन्द्रप्रदेशमा प्रवेश गरेको थियो । आँधी प्रभावित राज्यहरुका मानिसहरुलाई नदी किनार, नहर तथा समुद्रि किनारमा नजान चेतावनी दिइएको थियो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको अप्रत्यक्ष असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्छ । तर यसको असरका कारण देशमा वर्षा हुने सम्भावना भने न्यून रहेको विभागले बताएको छ ।

आज (सोमबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले मनसुन न्यून चापीय रेखा भने औसत स्थान भन्दा केही दक्षिणतिर रहेको बताएको छ । विभागअनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

सोमबार रातीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उक्त स्थानहरूका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ३२ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३