हेल्प नेपालको विजयी सुरुआत « Khabarhub

हेल्प नेपालको विजयी सुरुआत


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी एनभिए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले विजयी सुरुआत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहल त्रिपुरेश्वरमा सोमबार भएको पहिलो खेलमा हेल्प नेपालले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१६ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट २५–१२ ले जितेको थियो ।

सोमबार नै भएको अर्को खेलमा पूर्वको दावाँली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले जारी प्रतियोगितामा २ अंक जोड्न सफल भयो । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले दावालीमाथि २५–१२,२५–२२,२०–२५ र २७–२५ को सेटमा जित निकाल्यो ।

अर्को खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि तीन शुन्यको सोझो सेटमा पराजित गर्यो । उपाधिको दावेदार मध्येको एक टिम पुलिसले मणिमुकुन्दलाई २५–१४, २५–१५ र २५–१७ को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समुह बी मा दुई खेलमा ६ अंक बनाएको छ।

त्यस्तै अर्को खेलमा गल्कोट स्पोर्टस क्लबले प्रदेश नम्बर २ माथि सोझो सेटमा जित निकाल्दै तालिकामा ४ अंक बनाउन सफल भयो । पहिलो सेट २५–२३ ले जित्दा दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रे सेट २५–१८ ले जितेको हो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । महिलातर्फको खेल भने मंगलबारबाट सुरु हुनेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : ०२ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर