प्रधानन्यायाधीश जबराले राजीनामा नगरेसम्म समस्या समाधान हुँदैन: संविधानविद् आचार्य « Khabarhub

प्रधानन्यायाधीश जबराले राजीनामा नगरेसम्म समस्या समाधान हुँदैन: संविधानविद् आचार्य


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । संविधानविद् डा. भिमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायालयमा देखिएका बेथिति सुधार गर्न असफल भएकाले राजीनामा दिनु अहिलेको उपयुक्त विकल्प भएको बताएका छन् ।

रेडियो क्यान्डिडको कार्यक्रम ‘क्यान्डिड टक’मा कुराकानी गर्दै संविधानविद् डा. आचार्यले अहिलेको परिस्थितिले केही समय टकराब उत्पन्न गरेपनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनु पर्ने बताएका हुन् ।

अहिले संविधानले न्यायालयलाई स्वतन्त्रता दिए पनि व्यवहारमा स्वतन्त्र हुन नसकेको र प्रधानन्यायाधीशले आफैले गरेका थुप्रै सुधारका प्रतिबद्धताहरु कार्यान्वयन गर्न नसकेकाले असफल भएको आचार्यको टिप्पणी छ ।

पछिल्लो समय सरकार सञ्चालनमा भाग खोजेकोलगायतका विषयलाई मात्रै जोडेर प्रधानन्यायाधीशमाथि प्रश्न उठेको नभइ करिब ३ वर्षको अवधि काम गर्ने अवसर पाउँदा पनि जबराले काम गर्न नसकेकाले आलोचना भएको आचार्यको भनाइ छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुले पनि राजीनामा दिनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्क उचित नभएको पनि आचार्यले बताए । न्यायिक नेतृत्वको आचरण असल भए न्यायालय पनि राम्रो हुने भएकाले जबराको राजीनामाबाटै शुद्धीकरणको थालनी गर्नु पर्ने उनको जोड छ ।

संविधानविद् आचार्यसँगको कुराकानी यहाँ सुन्नुहोस्

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : २० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी