शाहरुख र समीरबीच एयरपोर्टको त्यो तनाव « Khabarhub

शाहरुख र समीरबीच एयरपोर्टको त्यो तनाव


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता शाहरु खान हालका दिनमा छोरा आर्यन खान लागुऔषध मुद्धामा फँसेपछि निकै तनावमा छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशन समीर वानखेडेले आरोपीकाविरुद्ध कैयौं प्रमाण अदालतमा पेश गरेका छन् । जसकारण आर्यनसहित बाँकी आरोपीहरु हाल जेलको हावा खाइरहेका छन् ।

शाहरुख र समीर आमनेसामने भएको यो पहिलो पटक होइन । यसअघि पनि समीर शाहरुखका लागि आपत बनिसकेका छन् । समीरले कस्टम ड्यूटी नभरेको कारण शाहरुखमाथि डेढ लाखको जरिवाना लगाइसकेका छन् ।

यो घटना सन् २०११ को हो । जब शाहरुख आफ्नो परिवारका साथ हल्याण्ड र लण्डनमा छुट्टी मनाएर मुम्बई फर्किदै थिए । वानखेडे एयरपोर्टमा कस्टम अफिसमा समीर असिस्टेण्ट कमिश्नरका रुपमा काम गरिरहेका थिए । उनको टिमले शाहरुखको परिवारलाई एयरपोर्टमा रोकेको थियो । उनको सामनामा यस्ता कैयौं विदेशी सामान भेटिए, जुनमाथि कस्टम चार्ज तिर्नुपर्ने हुन्थ्यो ।

शाहरुखसँग २० वटा लगेज थिए । जुन लगेजका कारण उनलाई एयरपोर्टमा घण्टौं सोधपुछ गरिएको थियो । शाहरुख र उनको परिवारले करिब डेढ लाख रुपैंयाँको कस्टम ड्युटी भरेपछि उनीहरुलाई त्यहाँबाट छोडिएको थियो ।

शाहरुख एक्ला अभिनेता होइनन्, जसमाथि समीरले कारवाही गरेका छन् । शाहरुखसँगै अनुष्का शर्मा, दीपिका पादुकोण, कटरीना कैफ, विपाशा बसु, विवेक ओबेरोय, मिनीषा लाम्बा, रणवीर कपूर, मीका सिंह, अनुराग कश्यप, रिया चक्रवर्ती जस्ता स्टारलाई समीरले आफ्नो राडारमा लिइसकेका छन् ।

गत अक्टोबर २ मा मुम्बईबाट गोवा गइरहेको क्रुजमा एनसीबीको एक टिमले छापा मारेको थियो । जहाँ एनसीबीले शाहरुखका छोरा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचासहित आठ व्यक्तिलाई पक्राउ गरेको थियो । एनसीबीले पक्राउ परेकामाथि लागुऔषधको प्रयोग, खरिदविक्रीको आरोप लगाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ३९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति