पहिरोले बैतडीका ५० वटा खानेपानी आयोजना बगे, दुषित पानी पिउनु पर्दा सरुवा रोगको जोखिम « Khabarhub

पहिरोले बैतडीका ५० वटा खानेपानी आयोजना बगे, दुषित पानी पिउनु पर्दा सरुवा रोगको जोखिम


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले बगाएको छ भने अधिकांश खानेपानीका ट्यांकी, पाइप र च्याम्बरहरुमा क्षति पुगेको छ ।

विभिन्न स्थानमा खसेको पहिरोले ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी आएकोे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकामा अन्य ठाउँको तुलनामा खानेपानी आयोजनामा बढी क्षति भएको प्रारम्भिक तथ्यांक आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले बताए ।

उनले भने ‘अहिलेसम्म ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको तथ्यांक आएको छ । योभन्दा बढी क्षति गरेको हुन सक्ने आंकलन गरिएको छ ।’

आयोजनाहरूमा क्षति पुगेपछि जिल्ला सरमुकामसहित विभिन्न स्थानमा खानेपानीको अभाव हुन थालेको छ । दशरथचन्द नगरपालिका–४ शाहीलेकका देवराम लोहारले भने, ‘हाम्रो नजिकका करिब एक दर्जन खानेपानीका आयोजना अवरुद्ध भएको छ । नजिक धारा तथा कुवा केही छैन । अहिले पानी ल्याउन दैनिक दुई घण्टा हिँडेर जानु पर्छ । बोकेर ल्याएको पानी पिउन र खाना पकाउन मात्रै प्रयोग गर्छौं ।’

शौचालयमा प्रयोग गर्ने पानी समेत अभाव भएको उनले बताए । खानेपानीको मुहानमै पहिरो खसेपछि कात्तिक पहिलो सातादेखि सदरमुकाम आसपास पानीको हाहाकार भएको छ ।

जिल्ला सदरमुकाममा आउने खानेपानीको मुहान बनाउन सरोकारवालाका साथै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको टोलीले ६ दिनदेखि काम गरेको छ । मंगलबार ट्यांकीसम्म पानी पुर्याउन सके पनि पाइपलाइन बगाएका कारण अझै केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

पहिरोका कारण खानेपानी आयोजनाहरूमा क्षति पुर्याएपछि स्थानीयबासी दुषित पानी प्रयोग गर्न बाध्य भएको सिगासका शिक्षक पदम साउदले बताए । ‘खोलाहरूमा धमिलो पानी आइरहेको छ । विकल्प नहुँदा यही पानी खान बाध्य छौँ । खानेपानीका सबै आयोजना छिट्टै र सहजै बन्ने देखिँदैन्,’ साउदले भने ।

सरुवा रोगको उच्च जोखिम

पहिरोका कारण खानेपानी योजनाहरूमा क्षति पुर्याएपछि सरुवा रोग संक्रमणको जोखिम समेत बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । दुषित पानीका कारण आउँ, झाडापखाला, टाइफाइड, हैजा जस्ता रोगको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए ।

उनले भने, ‘दुषित पानीको कारणले पानीजन्य रोगको जोखिम बढ्दै गएको छ । गाउँघरमा पानी शुद्धीकरण गर्ने चलन नभएकाले झन् समस्या हुन सक्छ ।’

पहिरोका कारण खोलानालामा दुषित पानी भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । पानी उमालेर प्रयोग गरेमा पानीजन्य रोगको जोखिम कम गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : २१ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध