शरीरमा सेतो धर्सा आउने कारण र हटाउने उपाय « Khabarhub

शरीरमा सेतो धर्सा आउने कारण र हटाउने उपाय


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया महिलाहरुको शरीरको विभिन्न भागमा सेता धर्साहरु देखिन्छ । यो विशेषगरी पेट, हिप, पिँडौला, स्तन आदि आसपासमा हुने गर्दछ । जसका खुल्ला कपडा लगाउँदा महिलाको शरीरमा भएको सेतो धर्साहरु सबैको नजरमा पर्न पुग्छ । जसका कारण युवतीहरु चिन्तित हुने गर्दछन् ।

विशेषगरी नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनका वरिपरि देखिने सेतो धर्सालाई स्ट्रेच माक्स भनिन्छ । यो महिला पुरुष दुबैमा देखा पर्दछ । यस्तो धर्सा आउनुमा रोग लगायतका बिभिन्न कारण कारक हुने गर्दछ । तर अधिकांश धर्सामा अत्याधिक मात्रामा मोटाउनु र छोटो समयमा नै मोटोपन घट्नुले हुन्छ ।

युवतीहरुमा पहिलो पटक महिनावारी हुँदा शरीरका विभिन्न भागहरु मोटाउँछ । जसका कारण सेतो धर्सा बस्ने गर्दछ । स्तन, हिप, पेट लगायतका ठाउँमा यही समयमा नै सेतो धर्सा देखिन्छ । यस्तै बच्चा जन्माइसकेको महिलाको शरीरमा देखिने सेतो धर्सा बच्चा पेटमा हुँदा शरीर मोटाउँदा र छाला तन्किदा हुने गर्दछ । बच्चा जन्मिएपछि तन्किएको छाला एक्कासी खुम्चिदा छालामा सेता धर्सा बनिसकेको हुन्छ ।

छाला अत्याधिक मात्रामा तन्किदा भित्री भागका रेसाहरु फाट्न पुग्छ । जुन बेला छालाका माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यहि समयमा छालामा सेतो धर्साहरु बनिसकेको हुन्छ । यस्तो बेला छाला धेरै कन्याउदा धर्साहरु झनै बढि देखिन सक्छ ।

कसरी हटाउने ?
क) दैनिक १० गिलास पानी पिउँदा छालामा भएका स–साना प्लानहरुलाई सफा राख्छ र धेरै किसिमका छाला सम्बन्धी समस्याबाट टाढा राख्न मद्धत गर्छ ।
ख) कागतीको रस सेतो धर्सा भएको ठाउँमा लगाएर १० मिनेट छोड्दा र त्यसपछि तातोपानीले सफा गर्दा पनि हटाउन सकिन्छ ।
ग) अण्डालाई दही र महमा मिसाएर सेतो धर्सा भएको ठाउँमा लगाउँदा धर्सा हट्दै जान्छ ।
घ) आलुलाई सेतो धर्सा भएको ठाउँमा केहि मिनेट दल्ने र छाला सुख्खा भएपछि मनतातो पानीले धुदाँ पनि सेतो धर्सा हट्छ ।
ङ) घ्यू कुमारी काटेर सेतो धर्सा परेको ठाउँमा दल्दा र केहि समयपछि मनतातो पानीले धुने यसो गर्दा धर्साहरू हराउदै जान्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : १९ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)