यसरी शुरु गर्नुहोस् प्राणायाम « Khabarhub

यसरी शुरु गर्नुहोस् प्राणायाम


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यस्त जीवनशैली र खराब खानपानका कारण मानिस बिभिन्न रोग र संक्रमणको शिकार बन्दछ । यि रोगबाट बच्न जीवनशैलीमा सुधार र थोरै समय व्यायाममा दिए मानिस स्वस्थ्य हुन्छ । यस अलावा मानिस स्वस्थ्य र स्फुर्त रहन प्राणयाम गर्न पनि आवश्यक छ ।

प्राणायाम गर्न बिहानको समय सबभन्दा राम्रो मानिन्छ । स्वच्छ, खुल्ला, शान्त स्थानमा आसन लगाएर पलेंटी मारेर वा सादा पद्मासनमा छाती, घाँटी तथा मस्तिष्क तीनै एक लाइनमा सीधा राखी प्राणयाम गर्न सकिन्छ । यसकालागि मेरुदन्ड सीधा राख्नु पर्दछ ।

यसरी शुरु गर्नुहोस् प्राणायाम
– छातीमा भरिएको श्वास नाकबाट विस्तार–विस्तारै बाहिर निकाल्नुहोस् ।
– श्वास निकाल्न जति समय लगाउनु भयो त्यसको एक चौथाई समयसम्म रोक्नुहोस् ।
– पुनः विस्तार–विस्तारै श्वास लिनुहोस् ।
– श्वास लिदाँ पेटदेखि फोक्सोसम्म पुर्ण रुपले हावा भर्नुहोस् ।
– अब बिस्तारै जति बेरसम्म श्वासलाई बाहिर रोकिएको छ त्यति नै समय भित्र रोक्नुहोस् ।
– यो क्रम पहिलो दिन ७ पटक र त्यस पछिका दिनमा दुई पटक बढाउदै जानुहोस् ।

माथिका प्रत्येक क्रियामा मन मनै ‘ॐ’ को जप गरिरहनुहोस् । ख्याल रहोस् कुम्भक त्यति बेलासम्म मात्रै गर्ने जति बेलासम्म सजिलैसँग रोक्न सकिन्छ । जबरजस्ती लामो समयसम्म कुम्भक गर्नाले लाभको बदला हानी पनि हुन सक्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : २९ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा