वैदेशिक व्यापार ६८ प्रतिशतले वृद्धि, तीन महिनामा पाँच खर्बको  कारोबार | Khabarhub Khabarhub

वैदेशिक व्यापार ६८ प्रतिशतले वृद्धि, तीन महिनामा पाँच खर्बको  कारोबार


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमासिकमा रु तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आवको सो अबधिमा रु पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।

भन्सार विभागले मंगलबार जारी चालू आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भइ रु चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ ।

गत आवको पहिलो तीन महिनामा रु दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो । तथ्याङ्कानुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३ : ११.९७ छ ।

सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ ।

गत आवको पहिलो त्रैमासिकमा रु ३१ अर्ब चार करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आवमा रु ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजारको निर्यात भएको छ ।

चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर रु चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार पुगेको छ ।

गत आवको पहिलो तीन महिनामा व्यापार घाटा रु दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो ।  चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।

डिजेल धेरै आयात

विभागको तथ्याङ्कानुसार तीन महिनामा रु २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार बराबरको डिजेल आयात भएको छ जुन आयातमध्येकै बढी हो ।

त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल रु २० अर्ब ६० करोड ६० लाख ५१ हजार मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन रु १७ अर्ब १७ करोड ७१ लाख ८० हजार, पाम आयल रु १३ अर्ब चार करोड ५३ लाख ८६ हजार र पेट्रोल रु १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजारको आयात भएको छ ।

भटमासको तेल बढी निर्यात

नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै  देखिएको छ । विभागको तथ्याङ्कानुसार स्वदेबाट रु २२ अर्ब दुई करोड ६८ लाख ५२ हजारको भटमासको तेल निर्यात भएको छ ।

व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् ।

सार्वजनिक विवरणानुसार चालू आवको पहिलो तीन महिनामा रु आठ अर्ब ४५ करोड ९८ लाख ३१ हजारको कच्चा पाम तेल र रु पाँच अर्ब पाँच करोड ४८ लाख ९८ हजारको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ ।

त्यस्तै चालू आवको गत तीन महिनामा लगभग रु दुई अर्ब २४ करोड ७६ लाख ६६ हजार बराबरको ऊनीको गलैँचा र झण्डै रु एक अर्ब ८७ करोड ५५ लाख ६९ हजार बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ । – रासस

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ०७ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका