सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मन्दिप श्रेष्ठ « Khabarhub

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मन्दिप श्रेष्ठ


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मन्दिप श्रेष्ठ तोकिएका छन् । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दिइएको हो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गरे ।

सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती हार्दिक आभार प्रकट गरे।

सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उनीहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी बल, नेपाल विश्व शान्तिका लागि विभिन्न यूएन मिशनहरुमा विदेशमा रहेर तथा देशका ७७ वटै जिल्लाका विभिन्न ठाउँहरुमा परिचालित शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमामा हुने विभिन्न प्रकृतीका अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा निकासी नियन्त्रण, आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ, विभिन्न समयमा भएका विपद्जन्य घटना तथा दुर्घटनाहरुमा परेका पीडित नागरिकहरुको उद्धार कार्य लगायत विभिन्न निकाय तथा आम नागरिकहरुसँग समेत हातेमालो गर्दै विविध कार्यसम्पादनमा क्रियाशील छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ४० बजे

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)