धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना | Khabarhub Khabarhub

धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड्य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।

अमेरिकी सिनेटका वित्त समितिको नेतृत्वमा रहेका सिनेटर रोन वाइडेनका अनुसार प्रस्तावित अरबपति आयकर तीन वर्षको लागि एक अरब अमेरिकी डलर सम्पत्ति वा वार्षिक आयमा एक करोड अमेरिकी डलर भएका लगभग ७०० मानिसहरूमा लागू हुनेछ र यसबाट ‘अरबौं डलर’ जम्मा हुनेछ ।

यो कर विशाल सामाजिक खर्च प्रस्तावका लागि राजस्व जुटाउने बाइडेनको डेमोक्रेटिक पार्टीले गरेको नवीनतम प्रयास हो । यसका लागि अनुमानित दुई खरब डलर खर्च हुनेछ र वासिङ्टनले विश्वव्यापीरूपमा पूर्वप्राथमिक तहका बालबालिकाको शिक्षा तथा रेखदेखका लागि अनुदान सहयोगजस्ता नीतिहरू लागू गर्नका लागि सहयोगी बन्ने विश्वास गरिएको छ ।

यो योजना कोभिड–१९ महामारीको पीडाबीच आफ्नो सम्पत्ती वृद्धि भएको बताउने र उनीहरूले देशलाई पर्याप्त योगदान गरिरहेका छैनन् भन्ने आलोचनालाई कम गर्नका साथै वासिङ्टनको कर योजनालाई पनि पूर्णता दिन देशका अरबपतिहरूमा लक्षित रहनेछ ।

सिनेटर वाइडेनले भने, “नर्स र अग्नि नियन्त्रकहरूजस्ता काम गर्ने अमेरिकीहरूले हरेक पलको कर तिर्छन् भने अरबपतिहरूले ‘सधैं’ वा दशकौंसम्म कर तिर्न आनाकानी गर्ने गर्छन् ।”

“सम्पत्ति सधैंभरि होल्ड गरेर कर नतिर्ने सबैभन्दा धनी थोरै व्यक्तिहरूले पनि आफ्नो जीवनशैलीका लागि ती सम्पत्तिबाट ऋण लिन सक्छन् । यसको अर्थ, तिनीहरू कर तिर्दैनन् र वाल स्ट्रीट बैंकहरूबाट दिइने ऋणमा कम ब्याजदर मात्र तिर्छन् ।”

यदि योजना लागू गरियो भने प्रत्येक वर्ष स्टकजस्ता अरबपतिहरूको सम्पत्तिको मूल्यांकन गरिनेछ र मूल्यमा वृद्धि भयो भने कर लगाइनेछ । उक्त प्रस्तावअनुसार यदि तिनीहरू घट्दै गएमा करदाताहरूले यसलाई सम्भाव्य तीन वर्षसम्म बन्द गर्नेछन् ।

यो स्टकको मूल्यमा कर सामान्यतया बिक्री भएमा मात्र तिरिने हालको अमेरिकी कानुनबाट आएको परिवर्तन हुनेछ । अमेरिकामा स्टकको मूल्यमा कर सामान्यतया बिक्री भएमा मात्र तिरिन्छ ।

अचल सम्पत्ति वा व्यापारिक हितजस्ता गैर–व्यापारिक सम्पत्तिको बिक्रीमा अर्को नयाँ कर लगाइने योजना र उक्त व्यक्तिले राखेको वर्षको दौडान तिरेको करमा ब्याज तिर्नुपर्ने प्रावधान रहेको थियो ।

थप करले धनी मानिसहरूलाई कम्पनीहरूमा नियन्त्रण गर्ने शेयर बेच्न बाध्य पार्न सक्छ भन्ने चिन्ताको समाधान गर्न उक्त प्रस्तावले व्यक्ति विशेषलाई एकल व्यवसायमा एक अरब अमेरिकी डलरसम्म स्टकलाई ‘गैर–व्यवसायिक सम्पत्ति’को रूपमा राख्न अनुमति दिन्छ । एएफपी

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ३६ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र