हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो « Khabarhub

हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा विवादका कारण स्थगित नेकपा एमालेको एक वडा अधिवेशन टुंगिएको छ । विवादका कारण स्थगित हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेको वडा अधिवेशन बुधबार सर्वसहमतीमा टुंग्याइएको हो । वडा अधिवेशनबाट प्रदीप राईलाई वडा कमिटी अध्यक्षमा निरन्तरता दिइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।

वडा कमिटीको उपाध्यक्षमा भक्तबहादुर गिरी र वीरबहादुर विष्ट, सचिवमा नारायण कार्की, उपसचिवमा टंक कार्की र गणेश श्रेष्ठ चयन भएका छन् ।

वडा कमिटी अध्यक्षमा प्रदीप र नारायणको दाबी थियो । दुवैले वडा कमिटी अध्यक्षमा आ–आफ्नो दाबी नछाडेपछि वडा अधिवेशन विवादित बनेको थियो । वडा अधिवेशन रोकिए पनि पालिका अधिवेशनमा सहभागी हुने प्रतिनिधि भने चयन गरिएको थियो ।

वडामा प्रदीप र नारायणको पक्षमा कार्यकर्ता विभाजित भएपछि नेतृत्व चयन पेचिलो बनेको थियो । पालिका अधिवेशन टुंग्याइए लगत्तै नारायणलाई ‘ब्याक’ गरेर विवाद हल गरिएको सचिवालय सदस्य राईले बताए ।

२ हजार ४४९ जनालाई जिम्मेवारी

खोटाङका ७९ वडामध्ये ७८ वडाको अधिवेशन ६ देखि ८ कात्तिकको बीचमा सम्पन्न भएको थियो । आसन्न १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाएका छन् ।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित प्रतिवडा ३१ सदस्यीय वडा कमिटी गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : २५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले