कांग्रेस महाधिवेशन : दाङ सभापतिमा चार जनाको उम्मेदवारी, आज मतदान « Khabarhub

कांग्रेस महाधिवेशन : दाङ सभापतिमा चार जनाको उम्मेदवारी, आज मतदान


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाली कांग्रेस दाङको सभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट जानकीलाल बस्नेत र भुपबहादुर डाँगी तथा संस्थापन इतरबाट कमल किशोर घिमिरे र शंकर डाँगीले सभापतिका लागी मनोनयन दर्ता गराएका हुन् ।

उपसभापतिमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश रानाले उम्मेदवारी दिएका छन् । सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरिप्रसाद भुसाल र सुवोधकुमार डाँगीले उम्मेदवारी दिएका छन् ।

सात जना पदाधिकारी, १८ जना समावेशी ,२७ जना एक पालिकाबाट दुई/दुई जना सदस्यले कार्य समितिमा प्रतिनिधित्व गरेका छन् । नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रकृयाबाट नेतृत्व चयन हुन लागेको छ ।

घोराहीको भरतपुर क्याम्पसमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ४३ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले