कांग्रेस महाधिवेशन : दाङ सभापतिमा चार जनाको उम्मेदवारी, आज मतदान « Khabarhub

कांग्रेस महाधिवेशन : दाङ सभापतिमा चार जनाको उम्मेदवारी, आज मतदान


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाली कांग्रेस दाङको सभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट जानकीलाल बस्नेत र भुपबहादुर डाँगी तथा संस्थापन इतरबाट कमल किशोर घिमिरे र शंकर डाँगीले सभापतिका लागी मनोनयन दर्ता गराएका हुन् ।

उपसभापतिमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश रानाले उम्मेदवारी दिएका छन् । सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरिप्रसाद भुसाल र सुवोधकुमार डाँगीले उम्मेदवारी दिएका छन् ।

सात जना पदाधिकारी, १८ जना समावेशी ,२७ जना एक पालिकाबाट दुई/दुई जना सदस्यले कार्य समितिमा प्रतिनिधित्व गरेका छन् । नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रकृयाबाट नेतृत्व चयन हुन लागेको छ ।

घोराहीको भरतपुर क्याम्पसमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ४३ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो