एमालेले केन्द्रीय कमिटीमा ७५ जना थप्ने, पोलिटब्युरो ९९ सदस्यीय हुने « Khabarhub

एमालेले केन्द्रीय कमिटीमा ७५ जना थप्ने, पोलिटब्युरो ९९ सदस्यीय हुने


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ।

शुक्रबार मध्यराति बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत पारित गरेको हो।

बैठकपछि कमिटीले गरेका निर्णयहरू एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले हस्तलिखितरुसमा सार्वजनिक गरेका थिए।

जसअनुसार हाल २२५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना थपेर ३०१ सदस्यीय पुर्‍याइने छ। यसैगरी पोलिटब्युरोमा ९९ सदस्य रहनेछन्। स्थायी कमिटी भने यथावत राखिएको छ।

यस्तै एमालेका अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग प्रत्येक २५ सदस्यीय हुने छन्। पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसहित अब एमालेमा सात जना उपाध्यक्ष रहनेछन्। यसैगरी थपिने दुई जनासहित उपमहासचिव तीन जना रहनेछन्।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ०३ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो