यी हुन् स्वर्ग र नर्क समान जीवन बनाउने सुख र दुख « Khabarhub

यी हुन् स्वर्ग र नर्क समान जीवन बनाउने सुख र दुख


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्ति सुखी जीवन चाहन्छ, तर कतिपय अवस्थाका कारण जीवनमा नर्क समान दुख पनि भोग्नु पर्दछ । यसका पछाडि केही दुःख र कारण सामेल रहने गर्दछ । जसले मृत्युसम्म पनि पछ्याउन सक्छ ।

जीवनमा जोडिएका हरेक विषयमा आचार्य चाणक्यले आफ्नो नित शास्त्रमा धेरै उपयोगी कुरा बताएका छन् । उनले सुखी जीवनका लागि के गर्ने के नगर्ने भन्ने विषयमा समेत केही सुझाव र उपाय दिएका छन् ।

यस्ता व्यक्तिले स्वर्ग समान जीवन पाउँछन्

संसार ति व्यक्तिको जीवन धर्तीमा स्वर्ग समान हुन्छ, जसका सन्तान आज्ञाकारी र संस्कारवान हुन्छन् । साथै जो मानिसको श्रीमती वा श्रीमान् परिवार जोड्ने स्वभावका हुन्छन् ।

यस्ता व्यक्तिले आफूले कमाएको धनबाट सन्तुष्टि पाउँछन् । सन्तान र जीवनसाथीबाट साथ पाउने व्यक्ति अत्यन्त सुखी र सन्तोषजनक जीवन बाच्ने चाणक्य आफ्नो नीतिमा बताउँछन् ।

चाणक्य नीतिका अनुसार यी सुख केवल भाग्यमा भए मात्र मिल्दछ । तथापि जीवनसाथी चुन्दा संस्कारी चुन्ने र सन्तानलाई राम्रो संस्कार दिने जिम्मेवारी भने व्यक्ति स्यवयम्को हुने उनको तर्क छ ।

यस्ता दुखले जीवन कठिन बनाउँछ

ती मानिसको जीवन निकै कष्टकर हुन्छ जसले आफ्नो पत्नीको वियोग झेल्नु पर्दछ ।

यस्तै आफ्नै दाजुभाइ वा छोराबाट अपमान सहनु परे, ऋण लागे, गरिबी, दुष्ट राजाको सेवा गर्नु परे यी दुखले जीवन नर्क समान बनाउने चाणक्यको तर्क छ । साथै कुनै असहायको धन लुटेर धनवान् भएका व्यक्तिले पनि धर्तीमा नै नर्क समान दुख पाउने गर्दछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : ४५ बजे

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर