के हो डिप्रेसन ? यी हुन् लक्षण र बच्ने उपाय | Khabarhub Khabarhub

के हो डिप्रेसन ? यी हुन् लक्षण र बच्ने उपाय


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव शरीरमा हुने विभिन्न रोगहरूमध्य डिप्रेसन पनि एक गम्भीर रोग हो । अहिले धेरै मानिसमा डिप्रेसन हुने गरेको छ। डिप्रेसन जुनसुकै बेला र जो कोहिलाई पनि हुन सक्छ ।

के हो डिप्रेसन ?

मानिसहरुमा नकारात्मक सोच उत्पन्न गराउने, दुखी तुल्याउने समस्या नै डिप्रेसन हो । यो पुरुषमा भन्दा महिलामा दुई गुणा बढी हुने गरेको छ । मस्तिष्कमा न्युरो टान्समिटरले सही ढङ्गले काम नगरेमा वा धेरै चिन्ता, तनावको कारण शरीरमा हर्मोनको मात्रामा गडबडी हुन गएमा डिप्रेसन हुन्छ ।

यी हुन् डिप्रेसनका लक्षणहरु

– अरूको कुरा झर्को लाग्नु, बोल्न मन नलाग्नु ।

– अत्यधिक मात्रामा रिस उठ्नु ।

– आफै माथि घृणाको भावना हुनु ।

– वर्तमान र भविष्य बारे नकारात्मक सोचाई हुनु ।

– काममा मन नलाग्नु ।

– निरन्तर चिन्तामा डुबिरहनु ।

– निद्रा नलाग्ने वा अबेर रात ब्युँझनु ।

– हीनताबोध हुनु ।

– सोच्ने र सम्झिने क्षमतामा कम हुनु ।

डिप्रेसनबाट कसरी बच्ने ?

– नियमित सन्तुलित खानेकुरा मात्र खाने ।

– दैनिक व्यायाम गर्ने ।

– लागु पदार्थको सेवनबाट टाढा हुने ।

– आफ्ना समस्याबारे खुलेर परिवार, साथी र डाक्टरलाई भन्ने ।

– आफूले कुनै पनि काम गर्न सक्छु भनेर विश्वास गर्ने ।

– नियमित समयमा सुत्ने र नियमित उठ्ने ।

– समाजमा घुलमिल हुने ।

– दैनिक कार्यलाई निरन्तरता दिने ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ०० बजे

मुग्लिन–नारायणगढको वैकल्पिक सडक

तनहुँ– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले

गाडी चढ्दा लाग्ने रिङ्गटा र वान्ता कसरी रोक्ने ?

दशैँ सुरु भइसकेको छ । यतिबेला दशैँ मनाउन घर जानेको

धरानस्थित लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सुनसरी– धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू