जुन गाउँमा ३ महिनासम्म लगातार अँध्यारो हुन्छ ! « Khabarhub

जुन गाउँमा ३ महिनासम्म लगातार अँध्यारो हुन्छ !


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा एउटा यस्तो गाउँ छ जहाँ वर्षका ३ महिना अँध्यारो भइरहन्छ । लगातार ३ महिना अँध्यारो भएका कारण त्यस क्षेत्रका स्थानीय बिरामी पर्दै आएका छन् ।

इटालीको उत्तरी इलाका विगनेला गाउँको चारैतर्फ पहाडले घेरिएको छ । जसका कारण जाडो मौसमको ३ महिना त्यहाँ सूर्यको प्रकाश पर्दैन । जसका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म त्यस क्षेत्रमा अँध्यारो हुने गर्दछ । यसरी लगातार ३ महिनासम्म अँध्यारो भएपछि र स्वास्थ्य लगायतका विभिन्न समस्या देखा परेपछि स्थानीयले आफ्नै कृत्रिम सूर्य बनाएका छन् ।

लगातार ३ महिनासम्म अँध्यारो हुने भएपछि स्थानीय नकारात्मक असर, अनिन्द्रा, मनोदशा बिग्रने, ऊर्जा स्तर कम हुने, अपराध बढ्ने लगायतका समस्या भोग्दै आएका थिए । यी सबै समस्याका कारण भने केवल सूर्यको प्रकाशको अनुपस्थिति थियो । यसैबाट बच्न त्यस क्षेत्रमा गाउँलेले आफ्नै सूर्य बनाए ।

सन् २००६ मा एक लाख युरोको लागतमा ८ मिटर लामो र ५ मिटर चौडा ठोस स्टिल सिटको निर्माण गरी यसै मार्फत सूर्यको प्रकाश गाउँसम्म आउने व्यवस्था मिलाइएको थियो । यही उपायका कारण जाडो मौसममा पनि त्यस गाउँमा ६ घण्टा सूर्यको प्रकाश आउने गर्दछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : १५ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो