जुन गाउँमा ३ महिनासम्म लगातार अँध्यारो हुन्छ ! « Khabarhub

जुन गाउँमा ३ महिनासम्म लगातार अँध्यारो हुन्छ !


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा एउटा यस्तो गाउँ छ जहाँ वर्षका ३ महिना अँध्यारो भइरहन्छ । लगातार ३ महिना अँध्यारो भएका कारण त्यस क्षेत्रका स्थानीय बिरामी पर्दै आएका छन् ।

इटालीको उत्तरी इलाका विगनेला गाउँको चारैतर्फ पहाडले घेरिएको छ । जसका कारण जाडो मौसमको ३ महिना त्यहाँ सूर्यको प्रकाश पर्दैन । जसका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म त्यस क्षेत्रमा अँध्यारो हुने गर्दछ । यसरी लगातार ३ महिनासम्म अँध्यारो भएपछि र स्वास्थ्य लगायतका विभिन्न समस्या देखा परेपछि स्थानीयले आफ्नै कृत्रिम सूर्य बनाएका छन् ।

लगातार ३ महिनासम्म अँध्यारो हुने भएपछि स्थानीय नकारात्मक असर, अनिन्द्रा, मनोदशा बिग्रने, ऊर्जा स्तर कम हुने, अपराध बढ्ने लगायतका समस्या भोग्दै आएका थिए । यी सबै समस्याका कारण भने केवल सूर्यको प्रकाशको अनुपस्थिति थियो । यसैबाट बच्न त्यस क्षेत्रमा गाउँलेले आफ्नै सूर्य बनाए ।

सन् २००६ मा एक लाख युरोको लागतमा ८ मिटर लामो र ५ मिटर चौडा ठोस स्टिल सिटको निर्माण गरी यसै मार्फत सूर्यको प्रकाश गाउँसम्म आउने व्यवस्था मिलाइएको थियो । यही उपायका कारण जाडो मौसममा पनि त्यस गाउँमा ६ घण्टा सूर्यको प्रकाश आउने गर्दछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : १५ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले