एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेदवारी घोषणा | Khabarhub Khabarhub

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेदवारी घोषणा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

चितवनमा बन्दसत्र सुरु हुनुअघि उनले कर्णाली भुगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ ।

नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्।

एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययको संख्या थप्न गर्न राखेकाो प्रस्ताव केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेको छ ।

अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । एमालेले पोलिटब्यूरो ब्यूताएको छ । ९९ सदस्यीय पोलिटब्यूरो हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत् छ ।

पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्‍याउने निर्णय भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : १६ बजे

निवर्तमान गभर्नर अधिकारीविरुद्ध रिटको पेसी न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा