यो एकदम स्वादिष्ट र स्वास्थ्यदायक व्यञ्जन हो । बनाउन पनि धेरै समय नलाग्ने भोज (पार्टी) र घरमा नै बनाई खान सकिने यो परिकार बनाउने सामान र विधि यस प्रकार छ ।
आवश्यक सामग्री :
सानो पिसमा काटेको बोनलेस चिकेन १ किलो, ४ चम्चा ब्ल्याक विनसस्, २ चम्चा अइष्टसस्, चिल्लीसस् २ चम्चा, १-१ चम्चा अदुवा लसुनको पेष्ट, २ चम्चा भेनेगर, १ चम्चा सोयासस्, चियाचम्चाको १ चौथाई मरिचको धुलो, १ अण्डा, कर्नफ्लोर वा मैदा २०० ग्राम, ल्वाङ पाउडर चिया चम्चाको एक चौथाई, नुन, अजिनोमोटो इच्छाअनुसार, तेल १०० ग्राम ।
बनाउने तरिका :
चिकेनलाई मैदा वा कर्नफ्लोर, अण्डा, सोयासस्, भेनेगर, अदुवा, लसुन, नुन, अजिनो मोटो राखी राम्रोसँग मोलेर कम्तीमा १-२ घण्टा छोपेर राख्नु र तेल तताई धेरै कडा नगरी फ्राई गर्नु र वटर तताई पुनः चिकेनलाई वटरमा राख्नु र सबै ससहरू राखी २-३ मिनेट चलाउनु र निकाल्नु । अब खानलाई तयार भयो ।
साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट
प्रतिक्रिया