मकै खानुका फाइदै फाइदा « Khabarhub

मकै खानुका फाइदै फाइदा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा चामल, गहुँ जस्तै मकैको खाद्यान्न निकै रुचाइन्छ । धार्मिक कार्यमा समेत मकैको खाना खाने चलन रहेको छ । मकैमा शरीरका लागि आवश्यक सबै प्रकारको पोषण पाइन्छ । यो यस्तो पौष्टिक आहार हो जो जुनसुकै बेला खान सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले पनि मकै निकै लाभदायी मानिन्छ ।

क) मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबर पाइन्छ ।

ख) मकै स्वस्थ आहार भएकाले बिहान, दिउँसो, बेलुका जति बेला पनि खान सकिन्छ ।

ग) मकैका परिकार खादा शरीरमा जमेको अतिरिक्त बोसो (कोलेस्ट्रोल) कम हुने गर्दछ ।

घ) मकैका परिकार खादा तौल घटाउनुका साथै अन्य रोगबाट समेत बच्न सकिन्छ ।

ङ) यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरू ब्लक हुनबाट रोक्छ ।

च)  यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।

छ) मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम हुन्छ ।

ज) यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ ।

झ) मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार कम गर्दछ ।

ञ) मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डी बलियो बनाउँछ ।

ट) यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।

ठ) छालालाई चम्किलो बनाउनका मकैको सेवन लाभदायी हुन्छ ।

ड) यसको सेवनले छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ ।

ढ) मकैमा ऐँठी–अक्सिडेन्ट हुने भएकाले अनुहारमा चाउरी पर्न दिँदैन ।

ण) मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ ।

त) यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ ।

थ) यसले बढ्दो उमेरसँगै हुने रतन्धो लगायतका सम्भावना कम गर्दछ ।

द) अल्छी लाग्ने, शरीरमा ऊर्जा नहुने अनुभवमा मकैको सेवन लाभदायी हुन्छ ।

ध) मकैमा हुने कार्बोहाइड्रेटले शरीर लाही ऊर्जावान् राख्छ ।

न) मकै खाँदा पेट चाँडै नै भरिन्छ र छिटो भोक लाग्ने समस्या पनि हटेर जान्छ ।

प) मकैमा पाइने फाइबर्सले कब्जियतबाट राहत दिलाउँछ ।

फ) यसले मलाशय वा कोलनमा जमेको खाद्य पदार्थलाई निकाल्न पनि सहयोग गर्दछ ।

ब) मकैमा आइरनको मात्रा भरपुर हुन्छ जसले शरीरमा आइरनको कमीलाई टाढा राख्छ ।

भ) मकैमा भिटामिन बी र फोलिक एसिड हुन्छ त्यसैले गर्भवती महिलाका लागि मकै निकै फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : ०८ बजे

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेख्नुभएको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै