गुल्मीका तीन तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न « Khabarhub

गुल्मीका तीन तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- माओवादी केन्द्र गुल्मीले तीन स्थानीय तहमा गाउँ कमिटी विस्तार गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका, छत्रकोट र गुल्मीदरवार गाउँपालिकाको गाउँ अधिवेशन सम्पन्न भएका हुन् ।

मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रेमबहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द थापा छन् ।

सचिवमा युवराज खरेल, सहसचिवमा प्रकाश चालिसे र कोषाध्यक्षमा दिपम खराल रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।

छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष रामचन्द्र कँडेल, रामप्रसाद पाण्डेय र तारापति ज्ञवाली छन् । सचिवमा सरोज पाण्डेय, सहसचिव भागवत गिरी र कोषाध्याक्ष इन्दिरा पाण्डेय रहेको माओवादी केन्द्र गुल्मीका संयोजक बिर बहादुर कार्कीले जानकारी दिए ।

गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्षतामा ४९ सदस्य गाउँकमिटी विस्तार गरिएको छ । कमिटीको उपाध्यक्षमा शेरबहादुर सरतुंगी, झकबहादुर विक र यमबहादुर पाण्डेय छन् । सचिवमा राजन रेश्मी, सहसचिवमा कमलप्रसाद कँडेल र कोषाध्यक्ष शिला सरतुंगी रहेको कार्कीले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १२ : ५९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।