नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन « Khabarhub

नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न मुख्य भूमिकामा रहेका डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ।

रंगभेद आन्दोलनका अगुवा डेसमन्ड टुटुको क्यानसरका कारण निधन भएको दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमा पुष्टि गरेका छन्।

टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । नेल्सन मन्डेलाका समकालीन टुटु १९४८ देखि १९९१ सम्म दक्षिण अफ्रिकामा भएको रंगभेदी आन्दोलनका अगुवामध्येका एक थिए ।

सन् १९५३ मा दक्षिण अफ्रिकाका विद्यालयहरूमा रंगका आधारमा विद्यार्थी छुट्टाउने कानुन बनेपछि टुटु शिक्षण पेसा त्यागेर चर्च सामाज सेवामा होमिएका थिए ।

टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बनेका थिए।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ६ : ५९ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा