जन्मदिनमा सलमान भन्छन्–मलाई डस्ने सर्पसँग सेल्फी लिएँ « Khabarhub

जन्मदिनमा सलमान भन्छन्–मलाई डस्ने सर्पसँग सेल्फी लिएँ


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता सलमान खान आज सोमबार आफ्नो ५६ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अघिल्लो दिन अर्थात् आइतबार सर्पले टोकेपछि उनी अस्पताल भर्ना भएर डिस्चार्ज भइसकेका छन् ।

डिस्चार्ज पछि उनले मिडियामाझ आफूलाई सर्पले तीनपटक टोकेको र त्यही दौरान ‘सेल्फी’ पनि लिएको खुलाए । ‘एक कोठामा सर्प छिरेको थियो । सबैजना सर्पसँग डराएपछि म आफैं सर्प निकाल्न कोठामा गएँ । मैले एक लठ्ठी मागें, तर त्यो सानो थियो । त्यसपछि मैले ठूलो लठ्ठी मागें र प्रेमपूर्वक लठ्ठीको सहाराले सर्पलाई उठाएर बाहिर ल्याएँ । लठ्ठीमा बसिरहेको सर्प विस्तारै मेरो हातमाथि चढ्न थाल्यो । यस्तो अवस्थामा मैले सर्पलाई बाहिर छोड्नका लागि हातको लठ्ठी छोडेर अर्को हातले पनि सर्पलाई समातें’, सलमान भन्छन् ।

सलमानका अनुसार घरबाहिर सर्पलाई ल्याउदा बाहिर हल्ला बढी थियो । त्यसपछि सर्पले उनलाई तीनपटक डसेको थियो । त्यसपछि उनी अस्पताल गए र एन्टी–वेनम इन्जेक्सन लगाए । उनले हालसम्म सबै प्रकारका एन्टी–वेनम (क्रेट, वाइपर, कोबरा)को इन्जेक्सन लगाइसकेका छन् ।

‘सर्पले मलाई डसेको समयमा मेरी बहिनी अर्पिता निकै डराएकी थिइन् । त्यो समयसम्म सर्पसँग मेरो दोस्ती बढिसकेको थियो । त्यसपछि मैले सर्पसँग सेल्फी लिएँ र उसलाई छोडीदिएँ’, सलमान भन्छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया