जन्मदिनमा सलमान भन्छन्–मलाई डस्ने सर्पसँग सेल्फी लिएँ | Khabarhub Khabarhub

जन्मदिनमा सलमान भन्छन्–मलाई डस्ने सर्पसँग सेल्फी लिएँ


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता सलमान खान आज सोमबार आफ्नो ५६ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अघिल्लो दिन अर्थात् आइतबार सर्पले टोकेपछि उनी अस्पताल भर्ना भएर डिस्चार्ज भइसकेका छन् ।

डिस्चार्ज पछि उनले मिडियामाझ आफूलाई सर्पले तीनपटक टोकेको र त्यही दौरान ‘सेल्फी’ पनि लिएको खुलाए । ‘एक कोठामा सर्प छिरेको थियो । सबैजना सर्पसँग डराएपछि म आफैं सर्प निकाल्न कोठामा गएँ । मैले एक लठ्ठी मागें, तर त्यो सानो थियो । त्यसपछि मैले ठूलो लठ्ठी मागें र प्रेमपूर्वक लठ्ठीको सहाराले सर्पलाई उठाएर बाहिर ल्याएँ । लठ्ठीमा बसिरहेको सर्प विस्तारै मेरो हातमाथि चढ्न थाल्यो । यस्तो अवस्थामा मैले सर्पलाई बाहिर छोड्नका लागि हातको लठ्ठी छोडेर अर्को हातले पनि सर्पलाई समातें’, सलमान भन्छन् ।

सलमानका अनुसार घरबाहिर सर्पलाई ल्याउदा बाहिर हल्ला बढी थियो । त्यसपछि सर्पले उनलाई तीनपटक डसेको थियो । त्यसपछि उनी अस्पताल गए र एन्टी–वेनम इन्जेक्सन लगाए । उनले हालसम्म सबै प्रकारका एन्टी–वेनम (क्रेट, वाइपर, कोबरा)को इन्जेक्सन लगाइसकेका छन् ।

‘सर्पले मलाई डसेको समयमा मेरी बहिनी अर्पिता निकै डराएकी थिइन् । त्यो समयसम्म सर्पसँग मेरो दोस्ती बढिसकेको थियो । त्यसपछि मैले सर्पसँग सेल्फी लिएँ र उसलाई छोडीदिएँ’, सलमान भन्छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ४० बजे

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ